ad ad

समाज


दुई साथी : जेलबाट छुटेको डेढ सातामै एकजनाको हत्या, अर्का गम्भीर घाइते

दुई साथी : जेलबाट छुटेको डेढ सातामै एकजनाको हत्या, अर्का गम्भीर घाइते

समाचार प्रतिनिधि तस्बिर


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १२:५३, काठमाडौँ

दाङको तुलसीपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। 

गएराति तुलसीपुर उपमहानगरपालिका-४ नयाँबस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्याम अर्यालले जानकारी दिए। 

नयाँबस्तीकै १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि नेपालगन्ज लगिएको थियो। 

त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको लखनउ पठाइएको डीएसपी अर्यालले बताए। 

हत्यामा संलग्नहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि तुलसीपुरकै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लट्ठी र खुकुरीले आक्रमण गरेको बताइएको छ। 

अहिले उनीहरु मोबाइल बन्द गरेर फरार भएका छन्। मृतक टोपबहादुर र घाइते शंकर गत कात्तिक ११ गते मात्रै थुनामुक्त भएका हुन्। उनीहरु डाँका मुद्दामा पक्राउ परेका थिए। 

प्रहरीका अनुसार उनीहरुबीच पहिले पनि मनमुटाव भएको र हिजो घटना हुनु पहिले एकै ठाउँ बसेर मादक पदार्थ पिएका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .