ad ad

समाज


दोलखा कांग्रेस सभापति बर्मा लामा जुवाखालबाट समातिए

दोलखा कांग्रेस सभापति बर्मा लामा जुवाखालबाट समातिए

फाइल फोटो


नेपालखबर
कात्तिक १९, २०७८ शुक्रबार १०:८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट समातिएका छन्।

महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीस्थित एक घरमा जुवाखाल जमाइरहेको अवस्थामा लामासहित १८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार लामासहितका जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ।

बौद्ध वृत्तको हिरासत भरिएपछि लामासहितका जुवाडेलाई प्रहरीले गोकर्णस्थित प्रहरी चौकीको हिरासतमा राखेको छ। लामासहितका जुवाडेबाट बरामद भएको रकमबारे प्रहरीले खुलाएको छैन। 

लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। रामचन्द्र पौडेल समूहका उनले ताराकुमार खड्कालाई पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .