समाज


रुपन्देहीमा ७ लाख रुपैयाँको पटाका बरामद

रुपन्देहीमा ७ लाख रुपैयाँको पटाका बरामद

सुदीप भण्डारी
कात्तिक १५, २०७८ सोमबार १७:१३, काठमाडौँ

रुपन्देहरुमा प्रहरीले करिब ७ लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका अन्य प्रहरी इकाइहरुले विभिन्न ठाउँबाट ६ लाख ८८ हजार ७ सय ६६ रुपैयाँ बराबरको पटाका बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मात्रै १ लाख २६ हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको थियाे।

त्यस्तै बेलहिया, मंगलापुर, लुम्बिनी र मर्चवारका इलाका प्रहरी कार्यालय तथा मेउडीहवा, मैनहिया, खैरेनी, गुलरीया, कालिदह र मर्यादपुर प्रहरी चौकीले आ आफ्नो ठाउँबाट पटाका बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

बरामद पटाकालाई आज पत्रकार र स्थानीयको रोहबरमा खाडल खनि नष्ट गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad