ad ad

समाज


प्रधान्यायाधीशले डाकेको ‘फूल कोर्ट’ बैठक १४ न्यायाधीशले बहिष्कार गर्ने

प्रधान्यायाधीशले डाकेको ‘फूल कोर्ट’ बैठक १४ न्यायाधीशले बहिष्कार गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १७:४२, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार दिउँसोका लागि डाकेको 'फूल कोर्ट' बैठकमा नजाने भएका छन्।

जबराले सोमबार दिउँसो साढे १ बजेका लागि नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी हुने गरी बोलाएको 'फूल कोर्ट' बैठकमा अरु न्यायाधीशहरूले उपस्थित नहुने निर्णय लिएका हुन्। 

आइतवार अपरान्ह सर्वोच्च अदालतमै बसेको १४ न्यायाधीशहरूको बैठकबाट यस्तो निर्णय गरेको हो। 

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोसहितका अनेक आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतवार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट डाकेका थिए। 

उनले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि आइतवार बताएका थिए। 

उनले अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने 'फूल कोर्ट'मै छलफल गर्ने बताएका थिए।

आइतवार बारका पदाधिकारीसँग जबराले तीन घण्टा लामो छलफल गरेका थिए। जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार 'फूल कोर्ट'को बैठक बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .