समाज


प्रधानन्यायाधीशसँग तीन घण्टा वार्ता गरेर निस्कियो बारको टोली

प्रधानन्यायाधीशसँग तीन घण्टा वार्ता गरेर निस्कियो बारको टोली

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७

नेपाल बार एशोसियसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग तीन घण्टा लामो छलफल गरेका छन्। 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीले आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफल गरेर सर्वोच्चबाट बाहिरिएको हो। 

छलफलमा दुई पक्षबीच भएका कुराबारे विस्तृत विवरण आइसकेको छैन। तर उनीहरुले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएको बताइएको छ।

यो कुरा भेट्न जानुअघि अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए। बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गर्ने योजना बनाएको थियो।

समितिले न्यायालयभित्रका विकृति औंल्याउँदै यसको अन्त्यका लागि गर्नुपर्ने सुधारसहितको सुझाव दिएको थियो। त्यही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले प्रधानन्यायाधीशलाई दबाब दिएको हो। 

यही विषयमा सर्वोच्च बार एसोसिएसनको बैठक पनि आइतवारै बस्दै छ। अहिले बसिरहेको बैठकमा प्रधानन्यायाधीशविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए। 

बारका अध्यक्ष पूर्णमान शाक्यले छलफलपछि न्यायालयका पछिल्ला विकृतिविरुद्धका कार्यक्रम तय हुने बताए। 
 

कात्तिक ७, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .