ad ad

समाज


वैशाखदेखि अहिलेसम्म विपदजन्य घटनामा ३५३ जनाको मृत्यु, ८० जना बेपत्ता

वैशाखदेखि अहिलेसम्म विपदजन्य घटनामा ३५३ जनाको मृत्यु, ८० जना बेपत्ता

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार ४:४२, काठमाडौँ

गत वैशाखदेखि अहिलेसम्म विपदजन्य घटनामा परेर ३५३ जनाको मृत्यु भएको छ ८० जना बेपत्ता भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी पहिरामा परेर १६१ जनाले ज्यान गुमाएका छन्। 

त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ भने भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट ७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। 

यस्तै बेपत्ता ८० जनामध्ये पहिरामा ४२ र बाढीमा परेर ३७ जना हराइरहेका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाखयता २ हजार ९० वटा विपद्का घटना भएका छन्। जसमा १ हजार २८४ जना घाइते भएका छन्। विपदका कारण ३ हजार ४४३ घरपरिवार पीडामा परेका  भने अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

मनसुन गइसकेपछिको वर्षाका कारण मात्रै १११ जनाको मृत्यु भएको छ भने ३५ जना हराइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .