ad ad

समाज


महिलाले मात्रै बोकेर घाट पुर्‍याए शव

महिलाले मात्रै बोकेर घाट पुर्‍याए शव

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार १०:२५, काठमाडौँ

छोरीले शव बोक्न तथा  काजक्रिया गर्नुहुँदैन भन्ने पुरानो सामाजिक मान्यतालाई तोड्दै तनहुँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएका छन्। 

व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा बस्दै आएका ८६ वर्षीय जगतबहादुर अधिकारी शव आफैँले बोकेर घाट लगेका हुन्। अधिकारीको शुक्रबार मृत्यु भएको थियो। 

अधिकारीको शव गाउँका महिलाले मात्रै बोकेर दमौलीस्थित घाटमा पुर्याएका हुन्।

छोरीले शव बोक्न हुँदैन भन्ने पुरानो रुढिबादी मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पु¥याउँदै आएका आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन्।  

कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यता राख्छन्। छोरी मात्रै हुने घर परिवारले शव बोक्नकै लागि छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकेको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताइन्। सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृत्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायतका महिलाले नै शव बोकेर घाटसम्म पु¥याएपछि स्थानीय महिलाले त्यसैलाई निरन्तरता दिँदै आएका छन्। 

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन्। आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताइन्।

 ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .