ad ad

समाज


आज मौसम कस्तो रहला?

आज मौसम कस्तो रहला?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ७:५२, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ।  

यस्तै दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान बुलेटिनमा अगाडि भनिएको छ, ‘देशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।’

बुलेटिनअनुसार राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

बुलेटिनमा अगाडि भनिएको छ, ‘साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।’

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०/११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .