ad ad

समाज


श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १२:४२, काठमाडौँ

तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ।

छथर गाउँपालिका ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो। 

आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो।

उनीहरुबीच आफ्नै घरमा झगडा भइ कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान रिफर गरिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .