ad ad

समाज


नौ दिनदेखि आमरण अनसनरत रुबी अस्पताल भर्ना

नौ दिनदेखि आमरण अनसनरत रुबी अस्पताल भर्ना

फाइल फाेटाे


नेपालखबर
असोज ३०, २०७८ शनिबार १९:११, काठमाडौँ

न्यायका लागि नेपालगञ्जदेखि काठमाडौं आएर आमरण अनसनरत रुबी खान बिरामी परेकी छन्।

नौ दिनदेखि आमरण अनसनरत रुबीलाई अस्पताल भर्ना गरिएको छ। उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो।

सास फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्रा कम भएपछि उनले अस्पताल लगिएको अधिकारकर्मीहरुले बताएका छन्।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनाका पीडितलाई न्याय दिनुपर्ने मागसहित रुबीको समूह काठमाडौं आएर आन्दोलन गरिरहेको छ।
उनीहरु न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए।

काठमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो। तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन्।

नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्युमा प्रहरीको अनुसन्धान चित्तबुझ्दो नभएको निष्पक्ष छानबिन गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने, दोषीलाई कारबाहीका साथै अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .