ad ad

समाज


कंकालिनी भगवती मन्दिरमा एकै दिन काटिए  सात सय ४४ राँगा

कंकालिनी भगवती मन्दिरमा एकै दिन काटिए  सात सय ४४ राँगा

नेपालखबर
असोज २९, २०७८ शुक्रबार १६:३, काठमाडौँ

बडादसैंको महानवमीका दिन सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । 

पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा अवस्थित प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको थियो। यसवर्ष भने बढी नै बलि बढी आएको हो। 

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाबाट सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवा निवासी जगदीश यादवको राँगा बलि दिइएको थियो। त्यसपछि भक्तजनले ल्याएका राँगा पालैपालो बलि चढाइएको थियो। 

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो। कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २० हजारको हाराहारीमा खसीबोकाको बलि दिइएको थियो। 

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए।

गत वर्ष कंकालिनी भगवती मन्दिरमा तीन.सय ८५ वटा राँगा र हजारौँ सङ्ख्यामा खसीबोका बलि दिइएको थियो। 

अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा त्यहाँका भक्तजनहरु आउन नसकेकाले यस पटक धेरै भक्तजनहरु आएका थिए। 

गत वर्ष  सप्तरी जिल्लासहित देशैभरि कोरोना माहामारीको प्रभाव परेको थियो। कोरोनाका कारण दसैंमा जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेला समेत लागेको थिएन।

यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ। यस वर्ष कोभिड महामारीको कमीले गर्दा नेपाल–भारत सीमा नाका खुल्ला भएका कारण मेला भर्न हजारौँ मानिस अएका थिए। 

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया  लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन्। 

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ। त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .