पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजया दशमीको टीका लगाएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले काठमाडौंमै ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।
उनले पत्नी हिसिला यमी, छोरी मानुषीसहित स-परिवारले दसैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्।
हिन्दु धर्म संस्कृतिबारे तिखो टिप्पणी गर्दै आएका भट्टराई दसैं मानेको तथा मठमन्दिर गएको फोटोहरूमा नकारात्मक कमेन्टको वर्षा हुने गरेको छ।
378
Shares
प्रतिक्रिया