सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले घुर्कौलीस्थित द्वन्द पीडित बाल गृहका बालबालिकालाई दसैँ मान्न आर्थिक सहयोग गरेका छन्।
मेयर थापाले बाल गृहमा आश्रय लिएर बसिरहेका अभिभावकबिहीन बालबालिकालाई दसैँ मनाउन व्यक्तिगततर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
अभिभावकबिहीन बालबालिकालाई दसैँमा मिठोमसिनो खान सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत तर्फबाट सहयोग गरेको थापाले जानकारी दिए।
बालगृहले आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर थापाले संस्थालाई सहयोग गरेका हुन्।
कार्यक्रममा माओवादी केन्द्रका नेता कमल बुढाथोकी, विद्यार्थी नेता विवेक मैनाली, बालगृहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
18
Shares
प्रतिक्रिया