ad ad

समाज


चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई एक लाख राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई एक लाख राहत

नेपालखबर
असोज २८, २०७८ बिहिबार ७:४८, काठमाडौँ

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ। बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई एक लाख प्रदान गरेका हुन्। 

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुर थापालाई उक्त रकम प्रदान गरेका हुन्। दुवै निकायले राहतस्वरुप तत्कालका लागि ५०÷५० हजार सहयोग गरेका हुन्। 

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई वन कार्यालयले दश लाख राहत प्रदान गर्दै आएको छ। तत्कालका लागि ५० हजार वितरण भएकाले थप नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने वन कार्यालयले जनाएको छ। 

अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने भन्दै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .