ad ad

समाज


भारतमा बालिका बलात्कार आरोपमा दलका जिल्ला अध्यक्षसहित २८ जनाविरुद्ध उजुरी, एक जना पीडितकै पिता!

भारतमा बालिका बलात्कार आरोपमा दलका जिल्ला अध्यक्षसहित २८ जनाविरुद्ध उजुरी, एक जना पीडितकै पिता!

नेपालखबर
असोज २८, २०७८ बिहिबार ७:३२, काठमाडौँ

भारतको उत्तर प्रदेशअन्तर्गत ललितपुरमा बालिका बलात्कार आरोपमा २८ जनाविरुद्ध उजुरी हालिएको छ। जसमा पीडित बालिकाका बुवासमेत छन्। 

पीडित बालिकाले दिएकाे उजुरीमा ललितपुरमा राजनीतिमा नाम चलेका व्यक्तिविरुद्ध पनि बलात्कार आरोप लगाइएकाे छ। तीमध्ये समाजवादी पार्टी र बहुजन समाज पार्टीका जिल्ला अध्यक्षहरू पनि छन्। 

प्रहरीले एफआईआर (जाहेरी) दर्ता गरी घटना अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

समाजवादी पार्टीका जिलाध्यक्षले भने आरोप गलत भएको दाबी गरेका छन्। तर बहुजन समाज पार्टीका जिल्ला अध्यक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

यस प्रकरणमा प्रहरीले पीडित बालिकाकी पितालाई नियन्त्रणमा लिए पनि अन्य कुनै आरोपितलाई पक्राउ गर्न सकेको छैन। 

घटना निकै संवेदनशील रहेको जानकारी दिँदै पुलिस अधिक्षक निखिल पाठकले बीबीसी हिन्दीसँग भनेका छन्, ‘पीडितलाई म आफैंले भेटेँ। उनले दिएको बयानका आधारमा मुद्दा दर्ता गरिएको छ। उनीसँग बयान लिने क्रम जारी छ। उनको मेडिकल जाँच भने भइसक्यो।’

ललितपुर प्रहरीका अनुसार ती बालिकाको मेडिकल जाँच जिल्ला महिला चिकित्सालयमा गरिएको हो। 

जिल्ला महिला चिकित्सालयकी डाक्टर आशु बजाजले भनेकी छन्, ‘पीडितको जाँचका क्रममा २ महिनायता उनलाई त्यस्तो केही भएको देखिएन। यसैले मैले डीएनए टेस्टका लागि नमुना जाँचमा पठाइदिएको छु।’

आरोप यस्तो छ
ललितपुरकी ती पीडित बालिकाको आरोपअनुसार उनी ८ कक्षामा पढ्थिन्। उनका बुबाले आफ्नो मोबाइलमा उनलाई जबर्जस्ती पोर्न भिडिओ देखाउने कोसिस गरे। त्यसपपिछ एक दिन उनले राति ८ बजे महेशपुराको खेतमा लगेर बलात्कार गरे। 

एफआईआरमा उल्लेख भएअनुसार पीडितलाई उनका बुबाले यो कुरा कसैलाई भने उनकी आमालाई मारिदिने धम्की दिए। यसपछि लगातार शारीरिक शोषण गरिरहे। त्यसपछि उनले आफ्नी छोरीसँग आफ्ना साथीहरूलाई पनि यौन सम्पर्क गर्न लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .