ad ad

समाज


दसैँको अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा गर्दै

दसैँको अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा गर्दै

नेपालखबर
असोज २७, २०७८ बुधबार २१:५०, काठमाडौँ

कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा संलग्न भएका छन्।

घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन्। देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा संलग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए।

‘कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ’ उनले भने, ‘पूजा गरेपछि बर्तालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ। जसलाई भेडुवा जगैना भन्ने गरिन्छ।’

रातभर जाग्नु पर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ। बूढापाकाहरुले पुराना गीत गाउने र युवा युवतीले सखियालगायतका नृत्यमा नाच्ने गर्दछन्। अष्टमीको राति नाचगान गरी नाच्नेले दसैँको दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .