ad ad

समाज


मुगु बस दुर्घटना : ज्यान गुमाउने ३२ मध्ये २४ जनाको परिचय खुल्यो

मुगु बस दुर्घटना : ज्यान गुमाउने ३२ मध्ये २४ जनाको परिचय खुल्यो

नेपालखबर
असोज २७, २०७८ बुधबार ९:४३, काठमाडौँ


मंगलबार मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुने ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार ज्यान गुमाउने ८ जनाको अझै सनाखत हुन सकेको छैन।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन्।

दुर्घटनामा ज्यान गुमाउने छायाँनाथ रारा नगरपालिका ७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, सोही ठाउँकी २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय बालका आयुष राणा, २२ वर्षीय महेन्द्र शाही, २० वर्षकी मनदेवी बम, सोही नगरपालिकाको वडा नम्बर १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक, ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको  पनि परिचयन खुलेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

दुर्घटनामा छायाँनाथ रारा १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १० की २० वर्षीया सरिता खड्का, १८ वर्षीया अमर साउद र २२ वर्षीय सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की,  वडा नम्बर १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउत, मुगुकै सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँकेका २२ वर्षी प्रदीप स्वर्णकारको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाएका अन्य आठ जनाको अझै परिचय खुल्न नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

घाइते ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ। बसमा ४५ जना सवार थिए। 

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। 

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो। घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ। सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .