ad ad

समाज


दसैं टीकासम्म कस्तो रहला मौसम?

दसैं टीकासम्म कस्तो रहला मौसम?

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०७८ बुधबार ६:२६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे आजदेखि असोज २९ अर्थात् दसैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ। 

जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आजसमेत ३ दिनसम्म मौसम यस्तो रहने अनुमान (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनुपर्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ)–

असोज २७ (आज) 
दिउँसो : देशको पहाडी भूभागमा आंशिक  (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २८ 

दिउँसो : देशका प्रदेश नं १ , २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

असोज २९ 
दिउँसो : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .