ad ad

समाज


मुगु दुर्घटना अपडेट : मृतकको संख्या २८ पुग्यो, १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

मुगु दुर्घटना अपडेट : मृतकको संख्या २८ पुग्यो, १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

नेपालखबर
असोज २६, २०७८ मंगलबार १७:१२, काठमाडौँ

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। 

मंगलबार नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट मंगलबार खसेको थियो।

दुर्घटनामा परी मृत्यु भएका २८ जनाको शव निकालिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमनाथ महतले जानकारी दिए। 

प्रजिअ महतका अनुसार १५ जना गम्भीर घाइतेलाई हेलिकोप्टर र हवाइ जहाजबाट नेपालगञ्ज पठाइएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

‘अहिलेसम्म २८ जनाको शव फेला परेको छ। प्रजिअ महतले नेपाल खबरसँग भने, ‘गम्भीर घाइते १५ जनालाई हेलिकोप्टर र हवाइ जहाजमार्फत नेपालगञ्ज पठाइएको छ। खोजी कार्य जारी छ’ ’
घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिएका छन। 

बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको हो।

छायानाथ रारा नगरकी उपप्रमुख सुन्तला रोकायाका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .