ad ad

समाज


राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

नेपालखबर
असोज २६, २०७८ मंगलबार १६:४९, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छिन्।

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गरेको हो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो। त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी थिए।

मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित हुनुुहुुन्थ्यो । बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरे।

फूूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .