रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा आत्मरक्षाका लागि प्रहरी गोली चलाएको बाध्य भएको जिकिर जिल्ला प्रशासन कार्यालयले गरेको छ।
सोमबार जिल्ला प्रशासन कार्यालयलद्वारा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आफ्नो ज्यान नै जोखिममा परेपछि प्रहरीले गोली चलाएको दाबी गरेका हुन्।
‘सुरक्षाकर्मीले गोली चलाउनुअघि संयमता अपनाएको, लाठी चार्ज, अश्रुग्याँस प्रहार गरेको हो’, उनले भने, ‘तर प्रर्दशनकारीले ढुंगामुढाले आक्रमण गर्दै उत्तेजित भएर पेट्रोलबम प्रहार गर्न थालेपछि अन्तिम अवस्थामा आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो।’
गत आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जमिनमा बस्ने बासिन्दा र प्रहरीबीच झडप भएको थियो। झडपमा ४ जनाकाको मृत्यु भएको थियाे।
–मोतिपुर झडप : मारिने तीनजना गैरसुकुम्बासी, एकजनाको सनाखत भएन
–मोतिपुर झडप : ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने
Shares
प्रतिक्रिया