ad ad

समाज


आकासे पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने युवकको उद्धार

आकासे पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने युवकको उद्धार

नेपालखबर
असोज २५, २०७८ सोमबार २१:५५, काठमाडौँ

काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्ने एक युवकको उद्धार गरिएको छ।

सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हाम फाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले हाम फाल्नबाट रोकेका थिए।

प्रहरीले उनको करिब साढे ८ बजे उद्धार गरेको छ।

पुलको माथिल्लो भागमा चढेका ती व्यक्ति तीनकुने क्षेत्रतिर मुख फर्काएर बसेका थिए। 

प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेको थियो भने एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि खडा गरिएको थियो।

केही प्रहरी पुलमाथि चढेर युवकलाई ओर्लन आग्रह गरेका थिए तर, ती व्यक्ति हाम फाल्ने बताइरहेका थिए। 

एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओर्लने प्रयासमा अत्तालिएर पुलमा बजारिएका थिए।

युवकलाई प्रहरीले अर्धचेत अवस्थामा सिभिल अस्पताल पुर्याएको छ। उनकाे परिचय खुलेको छैन।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति मदिरा सेवन गरेर ८ बज्नु अघि नै पुलको माथिल्लो भागमा चढेका थिए। उनको हातमा चक्कुसमेत थियो।

युवकको उद्धार गर्ने प्रयासमा माइतीघर–तीनकुने सडक केहीबेर अवरुद्ध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .