ad ad

समाज


३३ निबन्धकारको व्यंग्य निबन्धसंग्रह  ‘मुखास्त्र’ सार्वजनिक

३३ निबन्धकारको व्यंग्य निबन्धसंग्रह  ‘मुखास्त्र’ सार्वजनिक

नेपालखबर
असोज १९, २०७८ मंगलबार २१:३२, काठमाडौँ

साहित्यकार ईरान राईद्वारा संकलित तथा सम्पादित प्रदेश १ का ३३ जना निबन्धकारहरूको व्यंग्य निबन्ध सङ्ग्रह ‘मुखास्त्र’ सार्वजनिक गरिएको छ।  

मंगलबार बेलबारीमा आयोजित एक कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, साहित्यकार रोचक घिमिरे, हर्कमान तामाङ, कवि अनिल पौडेल, लेखिका मिश्र वैजयन्ती र रेखा सुवेदीले ‘मुखास्त्र’ को संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। 

व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसरमा सो कृति सार्वजनिक गरिएको हो।

कार्यक्रमका साहित्यिक तथा पत्रकार रोचक घिमिरेले अर्यालसँग संगत गर्दाका रोचक प्रसंगहरू स्मरण गर्दै भैरव स्वयम् नै धेरै पटक हाँसो र व्यङ्ग्यका पात्र बनेको बताए।

व्यंग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायतले अर्यालको साहित्यिक योगदानको राज्यले कदर गर्न नसकेको टिप्पणी गरे। 

कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अभिनय र कलाको क्षेत्रमा विशेष योगदान दिएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .