ad ad

समाज


भारतको उत्तर प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु, ७ व्यक्ति घाइते

भारतको उत्तर प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु, ७ व्यक्ति घाइते

नेपालखबर
असोज १६, २०७८ शनिबार ४:४९, काठमाडौँ

उत्तर प्रदेशको सामली जिल्लाअन्तर्गत कैराना सहरस्थित पटाका काराखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन्। 

बीबीसीका सहयोगी पत्रकार समिराजत्म मिश्रका अनुसार जानकारी पाउनासाथ प्रहरी र प्रशासनिक अधिकारी घटनास्थल पुगेका छन्। पटाका कारखानमा विस्फोटपछि लागेको आगो निभाउन दमकल प्रयोग गर्नुपर्यो। 

शुक्रबार साँझसम्म उद्धार जारी छ। घटनाबारे सामली जिल्ला मजिस्ट्रेट जसजित कौरले भने, ‘अवैध रूपमा सञ्चालित कारखानामा बम विस्फोट भएको छ, जहाँ पटाका अवैध रूपमा बनाइँदै थियो। शीर्ष अधिकारीहरू घटनास्थलमा छन् र अनुसन्धान गरिरहेका छन्।’

प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति तीव्र थियो कि वरवपरका घरका ढोका र झ्यालसमेत हल्लिएका थिए। सामली जिल्लामा गत वर्ष पनि काधला सहरमा यस्तै किसिमको विस्फोट भएको थियो, जसमा धेरै जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .