समाज


चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्ने एक पक्राउ

चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्ने एक पक्राउ

नेपाल प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ट्रान्सफर्मर चोरी गर्ने धादिङ गल्छी गाउँपालिका–८ का ४३ वर्षीय नारायण थापालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका–११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले थापाका साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, स्क्रु ड्राइभर एक थान, विभिन्न साइजको रेञ्ची ११ थान, कपडाको सल दुई थान, प्लाष्टिकको बोरा तीन थान, ट्रान्सफर्मर एक थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रबरको कालो रङ्गको फिता डोरी एक थान बरामद गरेको छ। 

पक्राउ परेका थापामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

असोज ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .