ad ad

समाज


रूपा सुनारलाई छुवाछूत गर्ने घरबेटी सरस्वती प्रधानलाई सवा लाख धरौटी तिर्न अदालतको आदेश

रूपा सुनारलाई छुवाछूत गर्ने घरबेटी सरस्वती प्रधानलाई सवा लाख धरौटी तिर्न अदालतको आदेश

फाइल तस्बिर : रूपा सुनार (बायाँ) र घरबेटी सरस्वती प्रधान।


नेपालखबर
असोज ६, २०७८ बुधबार १९:२६, काठमाडौँ

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरेको मुद्दा लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको एकल इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो।

गत असार १ गते कोठा भाडामा दिने पक्कापक्की गरिसकेपछि घरबेटी प्रधानले सुनारकाे जात थाहा पाउनासाथ कोठा नदिने भनेकी थिइन्।

त्यसपछि सुनारले आफूलाई जातीय विभेद भएको भन्दै उजुरी हालेकी थिइन्। 

सञ्चारकर्मी सुनारले कारबाहीको प्रक्रिया टुंगिनसकेको बताउँदै अभियुक्तलाई धरौटीमा राखेर अदालतले थप कारबाहीका लागि अन्तिम फैसला गर्ने आशा व्यक्त गरेकी छन्। 

घटनाबारे विस्तृत विवरण तलका लिंकमा–

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठलाई बोलायो सर्वाेच्च अदालतले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .