ad ad

समाज


धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ

धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ

नेपालखबर
असोज ६, २०७८ बुधबार १८:४१, काठमाडौँ

झापा जिल्लाकाे झापा गाउँपालिका–१ माइती घर भई भारतकाे किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय हेमरम सतार रहेका छन्। 

गत भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियाे।

साे जानकारीसँगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडि बढाएको थियो।

प्रहरी अनुसन्धानका क्रममा महिलाको अर्ध शरीरको लाश ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो।

लाशको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्यामा स‌ंलग्नहरुकाे पुष्टी गरेकाे थियाे। हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनीहरु बिच विवाद हुँदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगी शरीरको बिभिन्न भागमा काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका चारै जना उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .