ad ad

समाज


विमानस्थलबाट १३ हजार डलरसहित एक जना पक्राउ

विमानस्थलबाट १३ हजार डलरसहित एक जना पक्राउ

नेपालखबर
असोज ६, २०७८ बुधबार १८:२३, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–२ का ४२ वर्षीय सिताराम विक रहेका छन्।

नेपाल एयरलाइन्सको उडान नं. आरए२२९ द्वारा काठमाडौंबाट दुबई जान लागेका उनले लगाएको निलो रंगको जिन्स पाइन्टको दाहिने गोजीभित्र अवैध रुपमा रकम राखेका थिए।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेशिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पाइन्टको गोजीभित्र अमेरिकी डलर १०० दरको थान १३० ले जम्मा अमेरिकी डलर १३ हजार लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

उनीमाथि आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .