ad ad

समाज


कैलाली र बर्दिया जोड्ने सत्ती पुलबाट आवागमन बन्द

कैलाली र बर्दिया जोड्ने सत्ती पुलबाट आवागमन बन्द

नेपालखबर
असोज ६, २०७८ बुधबार १०:९, काठमाडौँ

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सत्ती पुल दुई साताका लागि बन्द  भएको छ। 

हुलाकी राजमार्गमा पर्ने यो पुलको पूर्वतर्फको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन पुलबाट हुने आवागतम बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पुलको मर्मत गर्नुपर्ने भएकाले यही असोज २० गतेसम्म आवागमन बन्द गरिएको जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पूर्वतर्फका दुई स्पान जोड्ने भाग करिब छ इन्च जति छुट्टिएका छन्। त्यही स्पान मर्मतका लागि पुलबाट हुने आवागमन बन्द गरिएको हो।

पुलको स्पान फाटेको कारण यसअघि पनि दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको छ।

तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधरीले बताए। 

आगामी हिउँदमा कर्णालीको बीच भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानीय सर्पराज साउदले बताए।

यस वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षण भएको थियो। विसं २०७१ मा निर्माण भएको १३ स्पान रहेको सत्ती पुलको लम्बाइ ५३१ मिटर छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .