ad ad

समाज


महन्त नरेन्द्र गिरीको आज अन्त्येष्टि गरिने, अरूलाई उपदेश दिने उनी आफैंले किन गरे आत्महत्या?

महन्त नरेन्द्र गिरीको आज अन्त्येष्टि गरिने, अरूलाई उपदेश दिने उनी आफैंले किन गरे आत्महत्या?

नेपालखबर
असोज ६, २०७८ बुधबार ८:४०, काठमाडौँ

रहस्यमय अवस्थामा मृत फेला परेका भारतका महन्त नरेन्द्र गिरीको दाहसंस्कार (भू-समाधि) आज (बुधबार)  गरिँदै छ।

त्यसअघि पोस्टमार्टका लागि उनको शव बाघम्बरी मठबाट स्वरूप रानी हस्पिटल लगिनेछ। जहाँ ५ जना डाक्टर संलग्न टोलीले महन्त गिरीको पोस्टमार्टम गर्नेछ। 

यसपछि बाघम्बरी मठमै ल्याएर उनको भू–समाधि गरिनेछ।  

आफ्नो चिहान कागतीको रूखमुनि होस् भन्ने चाहन्थे उनी
महन्त नरेन्द्र गिरीको अन्तिम इच्छा उनको समाधि (अन्त्येष्टि) कागतीको रूखमुनि गरियोस् भन्ने थियो। यो कुरा उनले आफ्नो सुसाइड नोटमा पनि लेखेका छन्।

महन्त गिरी यही सेप्टेम्बर २० तारिखका दिन आफू बस्ने मठ (बाघम्बरी) कै कोठामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शव नजिकै सुसाइड नोट पनि फेला परेको थियो। 

उनको मृत्युको रहस्य अझै खुलेको छैन। लेटे हनुमान मन्दिरका व्यवस्थापक अमर गिरी पवन महाराजले यस घटना सम्बन्धमा महन्त नरेन्द्र गिरीकै चेला स्वामी आनन्द गिरीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन्। आनन्द गिरीले नै नरेन्द्र गिरीलाई आत्महत्या गर्न बाध्य अवस्था सिर्जना गरेको आरोप लगाइएको छ। 

घटना अनुसन्धानका लागि प्रहरीले अहिलेसम्म आनन्द गिरीसहित ६ जनालाई गिरफ्तार गरिसकेको छ। घटनाको अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
पोस्टमार्टमा रिपोर्टपछि महन्तको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। 

महन्त गिरीकी बहिनी उर्मिला सिंहले भने अरूलाई ज्ञान दिने आफ्ना दाजुले आत्महत्या गर्न नसक्ने दाबी गरेकी छन्। उनले भनेकी छन्, ‘महन्त नरेन्द्र गिरीले अरूलाई ज्ञान दिन्थे, उनले कदापि आत्महत्या गर्न सक्दैनन्।’​

यो पनि : ​महन्त गिरीको सुसाइड नोट भेटियोः केटीसँगको भिडिओ भाइरल बनाउने धम्की आएपछि आत्महत्या गरेँ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .