ad ad

समाज


क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

नेपालखबर
असोज ६, २०७८ बुधबार ८:३८, काठमाडौँ

राजकुमार क्षेत्री नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका छन्। 

महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो। 

क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भैसकेका व्यक्ति हुन्। 

मन्त्रालयले निमित्त तोक्न सक्ने भएपनि महानिर्देशक भने मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ।

महानिर्देशकको लागि क्षेत्रीसँगै, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, भोला गुरागाई र प्रधिकरणमा ११ औँ तहमा रहेका प्रदिप अधिकारी दौडमा छन्। 

क्षेत्रीको सेवा अवधि ३ महिना र गुरागाईको ४ महिना मात्रै बाँकी छ। त्यसपछि उनीहरुले पनि अनिवार्य अवकास पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .