समाज


अपडेट : मध्यरातिदेखि बन्द मुग्लिन सडक खुल्न अझै डेढ घण्टा लाग्ने

अपडेट : मध्यरातिदेखि बन्द मुग्लिन सडक खुल्न अझै डेढ घण्टा लाग्ने

फाइल तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४  घोप्टे भिरमा मंगलबार मध्यराति पहिरो खस्दा बन्द भएको सडक खुल्न अझै डेढ घण्टा लाग्ने देखिएको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयले बुधबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार पहिरो हटाइसक्न अझै डेढ घण्टा लाग्ने देखिएको हो। 

‘लाग्छ होला अझै एक/डेढ घण्टा’, चितवन जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बुधबार बिहान ८ बजे नेपालखबरसँग भने, ‘अहिलेसम्म दुर्वतर्फ नै यातायात अवरुद्ध छ।’ 

लगातार वर्षाका कारण पहिरो खसेको हो। मध्यरातिदेखि बाटो बन्द हुँदा विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका तथा यताबाट अन्य स्थान जाँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ। 

प्रहरीका अनुसार नारायणगढ कटिसकेपछि मुग्लिनको कुरिनटारनजिक सडक अवरुद्ध भएको हो। 

असोज ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .