पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।
चितवन प्रहरीका अनुसार पहिरोले बाटो दुईतर्फी नै बन्द भएको हो।
अहिले बुधबार बिहानैदेखि पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन समय लाग्ने भएकाले अहिले बिहान ९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ।
लगातार वर्षाका कारण पहिराे खसेकाे हाे। मध्यरातिदेखि बाटाे बन्द हुँदा विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका तथा यताबाट अन्य स्थान जाँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ।
81
Shares
प्रतिक्रिया