ad ad

समाज


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

नेपालखबर
असोज ६, २०७८ बुधबार ६:३३, काठमाडौँ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएका छन्। मंगलबार साँझ पोखरेलले पदबाट राजीनामा दिएका हुन्।

३ असार ०७६ मा बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई ४ वर्षका लागि महानिर्देशक पदमा नियुक्त गरेको थियो। तर, प्राधिकरणको स्पष्ट कानुन नभएका कारण पोरखेल २७ महिनामै पदबाट बाहिरिएका हुन्। 

पोखरेलले प्राधिकरणको बरमहलस्थित संचालक समितिमा मंगलबार साँझ राजीनामा दर्ता गराएका हुन्। पोखरेलको शुक्रबार १२ औं तहको सेवा अवधि ६ वर्ष पुग्दै छ। 

प्राधिकरणको कर्मचारी नियमावलीले १२ औं तहको सेवा अवधि ६ वर्षमात्रै तोकेको छ। 

महानिर्देशकको सेवावधि २१ महिना बाँकी छँदै ६ वर्षे उपमहानिर्देशक पदका कारण अवकाश लिनुपर्ने भएपछि प्राधिकरणले भदौ ३१ गते पदावधिको अन्योलता प्रस्ट पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाइएको थियो। तर, मन्त्रालयले यस विषयमा निर्णय दिन ढिलाई गरेको छ। 

१२ औं तहको ६ वर्षे सेवाअवधिकै कारण प्राधिकरणको उपमहानिर्देशकहरु नरेन्द्र थापा र देवानन्द उपाध्यायले पनि संचालक समितिमा राजीनामा बुझाइसकेका छन्। उनीहरुले १ हप्ता समय बाँकी छँदा संचालक समितिमा राजीनामा बुझाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .