सरकारले कोभिड-१९ महामारीका क्रममा गत वर्षदेखि बन्द गरिएका देशभरका सबै सीमा नाका खोल्ने निर्णय गरेको छ।
कोभिड-१९ फैलिन नदिन सरकारले देशभरका करिब २० वटा सीमानाका बन्द गरेको थियो। जसमध्ये मुख्य सीमानाका यसअघि नै सञ्चालनमा आइसकेका छन्।
हालसम्म नखोलिएका भारतसँग जोडिएका केही सीमानाकाहरु मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खुलाउने निर्णय लिएको हो।
निश्चित सीमानाकाबाट मात्रै आवतजावत गर्न पाउने गरी यसअघि अन्य सीमानाका बन्द गरिएका थिए। अब सबै खुल्ने भएका छन्।
मन्त्रिपरिषदको बैठकले यसअघि बन्द गरिएका सीमानाका खोल्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
114
Shares
प्रतिक्रिया