ad ad

समाज


गृहमन्त्री खाँणले फोन गरेर खगेन्द्र संग्रौलालाई सोधे– पदक थाप्ने हो?

गृहमन्त्री खाँणले फोन गरेर खगेन्द्र संग्रौलालाई सोधे– पदक थाप्ने हो?

वरिष्ठ लेखक खगेन्द्र संग्रौला


नेपालखबर
असोज ४, २०७८ सोमबार २०:४७, काठमाडौँ

संविधान दिवसका अवसरमा सरकारले दिएको पदक केही पत्रकारले अस्वीकार गरेको खबर आइरहेका बेला नागरिक अभियन्तासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले आफूलाई पनि पदक थाप्ने हो भनेर गृहमन्त्री बालकृष्ण खाँणले सोधेको खुलासा गरेका छन्।

तर आफूले सोध्नु नै आफ्नो भावना र निष्ठाको ठूलाे सम्मान हो भनेर जवाफ दिएको संग्रौलाले बताएका छन्। 

पदक लिएको भन्ठानेर कतिपयले आफूलाई बधाईसमेत दिएको उल्लेख गर्दै संग्रौलाले  पाउनु र झन्डै पाउनुमा ठूलो अन्तर छ भनेर व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। 

‘गृहमन्त्री खाँणले पदक थाप्ने हो भनेर मलाई सोध्नु भा’थ्यो,’ लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो खाँणजी’ मैले भनेँ। यसरी मैले झन्डै पाएको पदकबापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला!’​

यो पनि : ​पदक अस्वीकार गर्ने पत्रकारको संख्या ४ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .