ad ad

समाज


कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

नेपालखबर
असोज ३, २०७८ आइतबार २१:५५, काठमाडौँ

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेका छन्।

गएराति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिएका थिए। आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताए।

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाई तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .