ad ad

समाज


चितवनमा घनले टाउकोमा हानेर छिमेकीको हत्या, आरोपी पक्राउ

चितवनमा घनले टाउकोमा हानेर छिमेकीको हत्या, आरोपी पक्राउ

नेपालखबर
असोज २, २०७८ शनिबार ८:२९, काठमाडौँ

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति टाउकोमा घनले हानेर लामाको हत्या भएको हो। हत्यामा संगल्न भएको आरोपमा उनका छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच विवाद भएको थियो सोही क्रममा दशरथले लामालाई घनले प्रहार गरेका हुन्। 

आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो। स्थानीले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो।

प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए। त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका एसपी अधिकारीले जानकारी दिए।

मृतकको शव राति नै प्रहरीले भरतपुर अस्पतालमा पुर्याएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .