ad ad

समाज


ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
असोज १, २०७८ शुक्रबार ७:२७, काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक सडकबाट बुल्दीखोलामा खस्दा चालक अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिइ।

दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। 

उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको हो। मृतकको शव दमौली अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .