ad ad

समाज


आज वर्षा : कता कस्तो?

आज वर्षा : कता कस्तो?

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७८ शुक्रबार ७:१३, काठमाडौँ

हाल (शुक्रबार) देशभर मौसम सामान्य (७५ प्रतिशत बादल, २५ प्रतिशत घाम) देखि पूर्ण (सय प्रतिशत बादल) बदली भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार एक दुई घण्टापछिदेखि काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। 

‘हल्का खालको वर्षा हुने सम्भावना छ,’ वरिष्ठ मौसमविद् सापकोटाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अहिले बिहान ९ बजेदेखि दिउँसो १२/१ बजेभित्र उपत्यकामा हल्का वर्षा हुने संकेत देखाएको छ।’

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। 

वरिष्ठ मौसमविद् सापकोटाका अनुसार दिउँसो भन्नाले सामान्यतया बिहान १०/११ बजदेखि साँझ ६ बजेसम्मलाई बुझ्नुपर्ने हुन्छ। 

यस्तै राति पनि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

वरिष्ठ मौसमविद् सापकोटका अनुसार राति भन्नाले सामान्यतया साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मलाई बुझ्नुपर्ने हुन्छ। 

उनका अनुसार मौसम पूर्वानुमान महाशाखाको प्रविधिद्वारा गरिने मौसम अनुमान ८५ देखि ९० प्रतिशतसम्म मिल्छ। 

‘मौसम हो, ठ्याक्कै त नमिल्न सक्छ’, मौसमविद् सापकोटाले भने, ‘जतिबेला पानी पर्छ भनिएको हुन्छ, कहिलेकाहीँ भनेको समयभन्दा एक दुई घण्टा अघिपछि पनि हुन सक्छ, तर पनि हाम्रो यत्तिकाे प्रविधिलाई परिपक्व नै मान्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .