ad ad

समाज


आजदेखि काठमाडौं जिल्लाभित्र पालना गर्नुपर्ने ७ बुँदे आदेश जारी, नत्र कारबाही

आजदेखि काठमाडौं जिल्लाभित्र पालना गर्नुपर्ने ७ बुँदे आदेश जारी, नत्र कारबाही

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७८ शुक्रबार ६:१५, काठमाडौँ

कोरोना नियन्त्रणबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज (बिहीबार) देखि लागू हुनेगरी ७ बुँदे आदेश जारी गरेको छ। 

अर्काे आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौं जिल्लामा पालना गरिनुपर्ने नियम जारी गरेका हुन्। 

जारी सूचनामा अनावश्यक रूपमा घबारट बाहिर ननिस्कने, एकै ठाउँ धेरै मानिस जम्मा नहुने, चाडबाडका नाममा भोजभतेर, भीडभाड नगर्ने, स्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउने उल्लेख छ। 

यस्तै शैक्षिक संस्था (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने र गर्नैपर्ने भए सम्बन्धित स्थानीय तहले आआफ्ना क्षेत्रमा संक्रमणको जोखिम विचार गरेर स्थानीय सरोरकारवालासँग छलफल गरी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापनसँग सल्लाह गरेर मात्र सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ। 

त्यस्तै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रस्तुत आदेश उल्लंघन गरे कारबाही गरिने चेतानवीसमेत दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .