ad ad

समाज


मादी घटना अनुसन्धान गर्ने पाँच प्रहरी पुरस्कृत

मादी घटना अनुसन्धान गर्ने पाँच प्रहरी पुरस्कृत

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २०:५०, काठमाडौँ

संखुवासभाको मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने ५ प्रहरी पुरस्कृत भएका छन्।

घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने तथा अनुसन्धान गर्ने प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार बिसी, नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ पुरस्कृत भएका हुन्।

उनीहरूले गरेको प्रशंसनीय कामको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगदसहित पुरस्कृत गरेको हो।

यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको अनुसन्धानमा संलग्न आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .