ad ad

समाज


विराटनगर हिँडेका दुई यात्रुसँग सवा दुई करोडका सुनका गहना, विमानस्थलबाटै पक्राउ

विराटनगर हिँडेका दुई यात्रुसँग सवा दुई करोडका सुनका गहना, विमानस्थलबाटै पक्राउ

नेपालखबर
भदौ २९, २०७८ मंगलबार २१:३५, काठमाडौँ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट दुई करोड रुपैयाँ भन्दा बढीका सुनका गहनासहित दुईजनालाई मंगलबार पक्राउ गरेको छ। 

श्री एयरलाइन्सको जहाजबाट विराटनगरतर्फ जान तयार दुई यात्रुको झोलाबाट तीन केजी ६ सय ग्राम सुनका गहना बरामद भएका हुन्। उनीहरू दुवैजनालाई प्रहरीले तत्कालै पक्राउ गरेको छ।

प्रहरीले त्यतिका परिमाणका अवैध गहनासहित कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरेको हो। 

सुरक्षा जाँचका क्रममा उनीहरूका ब्याग एक्सरे मेसिनमा हाल्ने क्रममा सुनका गहना देखिएका थिए। ती सुनका गहनाको बजार मूल्य दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ छ। 

गहनासहित पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कारबाहीका लागि ललितपुरस्थित राजश्‍व अनुसन्धान विभागमा पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .