ad ad

समाज


आईसीयूमा भर्ना भएका कोरोना संक्रमितको ‘किड्नी फेल’ हुने खतरा धेरै, कसरी बच्ने?

आईसीयूमा भर्ना भएका कोरोना संक्रमितको ‘किड्नी फेल’ हुने खतरा धेरै, कसरी बच्ने?

नेपालखबर
भदौ २९, २०७८ मंगलबार २०:९, काठमाडौँ

कोरोना संक्रमणबाट निको भएका व्यक्तिको मिर्गाैला नराम्रोसँग बिग्रिरहेको तर त्यसको लक्षण नदेखिएको दाबी एक अध्ययनले गरेको छ। 

अमेरिकाको वासिङ्टन युनिभर्सिटीको अध्ययनले कोरानाका त्यस्ता बिरामी जो अस्पतालमा भर्ना भएका थिए वा हल्का लक्षण देखिएका थिए, उनीहरूलाई मिर्गाैला बिग्रिने (एन्ड स्टेज किडनी डिजिज) को खतरा हुने देखाएको हो। 

यही सेप्टेम्बर १ मा अमेरिकन सोसाइटी अफ नेफ्रोलजीमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमण भएर निको भएका व्यक्ति जसमा धमनीसम्बन्धी समस्या थिए, अस्पताल भर्नापछि उीहरूमा मिर्गाैलाको रोग सुरु भयो। 

वासिङ्टन युनिभर्सिटीका अनुन्धानकर्ता जियाद अल–अली भन्छन्, ‘संक्रमणपछि आईसीयूमा भर्ना भएका बिरामीको किड्नी फेल हुने खतरा धेरै देखियो।’

बिरामीको तथ्यांकमा अध्ययन
सेन्ट लुइस हेल्थ केयर सिस्टम र वासिङ्टन युनिभर्सिटीका अनुसन्धानकर्ताले अमेरिकामा फेडरल डेटाको विश्लेषण गरेका थिए। यस क्रममा मिर्गाैला खत्तम हुनुको कारण लङ कोभिड पाइएको हो। 

सामान्यतया मिर्गौलाका बिरामीमा यसका लक्षण देखिएनन्। नेसनल किड्नी फाउन्डेसनले भनेको छ– झन्डै ९० प्रतिशत बिरामीमा मिर्गाैलासँग सम्बन्धित रोगका लक्षण देखिँदैन। ३.७ करोड अमेरिकी यस्तो समस्यासँग जुधिरहेका छन्।

विशेषज्ञका भनाइमा– मिर्गाैलाका बिरामीले बिस्तारै बिस्तारै मिर्गाैलाले ७० देखि ८० प्रतिशतसम्म काम गर्न छाड्दासम्म थाहा पाउँदैनन्। यसका केही लक्षणलाई बेवास्ता गर्न मिल्दैन। जस्तोः पिसाबमा प्रोटिनको मात्र धेरै बढ्नु, खुट्टा आँखामा चारैतर्फ सुन्निनु, छाती दुख्नु तथा सास लिन गाह्रो हुनु। 

किड्नी फेल हुनबाट कसरी बचाउने? 
सीडीसीका अनुसार आफ्नो ब्लड प्रेसरलाई १४०/९० भन्दा कम राख्ने वा आफ्नो डाक्टरसँग सल्लाह लिएर ब्लड प्रेसरको अवस्था पत्ता लागाउने। कम नुन भएका खाना खाने, फलफूल तथा सागसब्जी प्रशस्त खाने। साथै सक्रिय रहने तथा कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने। साथै डाक्टरको सल्लाहअनुसार औषधि खाइरहने। 

यदि तपाईंको मिर्गाैला फेल भयो भने डायलासिस गर्न आवश्यक हुन्छ। यस्तो अवस्थामा मिर्गाैलालाई स्वस्थ राख्न र फेल हुनबाट बच्न निकै जरुरी हुन्छ। सीडीसीका अनुसार यदि तपाईं जोखिममा हुनुहुन्छ भने मिर्गाैला जँचाइरहने र सुरुमै पत्ता लागे उपचार गराइहाल्ने। 

यदि तपाईंलाई मधुमेह (डायबिटिज) छ भने हरेक वर्ष रगत र पिसाब जँचाइरहने र रगतमा चिनीको मात्रा ठीकमा राख्ने। एकै ठाउँमा बसिरहने बानी नबसाउने, शारीरिक रूपमा सक्रिय रहने, किनकि यसो गर्दा रगतमा चिनीको मात्र नियन्त्रण हुन मद्दत पुग्छ।

मोटोपन पनि समस्याको कारण बन्न सक्छ। यदि तपाईंको वजन धेरै छ भने यसलाई घटाउने र धूमपान त्याग्ने। यदि तपाईंलाई मिर्गाैलाको पुरानो रोग छ भने खाद्य विशेषज्ञसँग भेटेर मिर्गाैलालाई स्वस्थ राख्न खानपिनको योजना बनाउने। 

आफूलाई कसरी बचाउने?
विशेषज्ञका अनुुसार कोरोनाका बिरामीले मिर्गाैला जाँचका लागि बेलाबेला क्रिएटिनिन टेस्ट गराउनुपर्छ। साथै मिर्गाैलाले राम्रोसँग काम गरिरहेको छ कि छैन, यो पत्ता लगाउन भन्ँच्  जाँच गराउन सकिन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .