ad ad

समाज


दुलहन फर्काउन माइत आएकी युवती टिकटक बनाउँदा सेतीमा खसेर बेपत्ता

दुलहन फर्काउन माइत आएकी युवती टिकटक बनाउँदा सेतीमा खसेर बेपत्ता

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १९:६, काठमाडौँ

टिकटक बनाउने क्रममा एकजना युवती सेती नदीमा खसेर बेपत्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा खसेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी हुन्।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार बेपत्ता भएकी युवतीको माइती लालिम हो। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिम घर भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन्। 

सेतीको किनारस्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसँग अन्य दुई जना साथी पनि थिए।
 

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर आएको थियो। नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भन्दै रोक्न खोजेका थिए। 

बेपत्ता पवित्राको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्। ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .