भारतको राजधानी दिल्लीमा पाकिस्तानको ठूलो आतंकवादी षड्यन्त्र पर्दाफास भएको दाबी गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीको विशेष सेलले पाकिस्तानमा प्रशिक्षण लिएका दुई जना आतंककारीलाई गिरफ्तार गरेको हो।
उनीहरूका साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको दाबी दिल्ली प्रहरीले गरेको छ।
दिल्ली प्रहरीको विशेष सेलका डीसीपी प्रमोद कुशवाहाले मल्टी स्टेट अपरेसनका क्रममा दुई आतंककारीसहित अन्य ४ जना गिरफ्तार गरिएको जानकारी दिए। जम्मा ६ जना पक्राउ गरिएको उनले जानकारी दिए।
उनीहरूलाई दिल्ली, उत्तर प्रदेश र राजस्थानबाट गिरफ्तार गरिएको दिल्ली प्रहरीले जनाएको छ।
204
Shares
प्रतिक्रिया