ad ad

समाज


नवलपरासीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

नवलपरासीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

नेपालखबर
भदौ २९, २०७८ मंगलबार ८:१६, काठमाडौँ

पूर्वी नवलपरासीको गैंडाकोटमा बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट-१० स्थित २३ स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र-२-००१ नम्बरको बस र ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  बिहान करिब चार बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुर्घटनापछि बस सडकबाट तल खसेको छ। दुर्घटनामा दुईजना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते २४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ। दुर्घटनामा ट्रक चालकसमेत घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

सबमा चालकसहित २७ जना सवार थिए। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .