बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ।
त्यसपछि घटनाबारे छानबिन गर्न समिति बनाउने, शिशुको डीएनए परीक्षण गर्नेलगायतका विषयमा सहमति भएपछि पीडितका आफन्तले सहमतिमा आन्दोलन रोकेका थिए।
समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य वसन्त गौतमले जानकारी दिए। बालरोग विशेषज्ञ डा रोमा बोहराको नेतृत्वमा छानबिन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो। रासस
प्रतिक्रिया