ad ad

समाज


केटी साथीको अश्लिल फोटो, भिडिओ पोष्ट गर्ने व्यक्ति पक्राउ

केटी साथीको अश्लिल फोटो, भिडिओ पोष्ट गर्ने व्यक्ति पक्राउ

नेपालखबर
भदौ २८, २०७८ सोमबार १७:३९, काठमाडौँ

आफ्नै पूर्वप्रेमिकासँगको अश्लिल फोटो, भिडिओ सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। 

पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडिओ सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने दोलखाको बैतेश्वर गाउँपालिका ८ का सुजन जिरेल पक्राउ परेका हुन्। 

२३ वर्षीय जिरेल हाल काठमाडौंको टोखामा बस्दै आएका थिए। महानगरीय अपराध महाशाखाले उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।

उ​नीविरुद्ध विद्युतीय कारोबार ऐन कसूरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .