ad ad

समाज


चौधरी फाउण्डेसनले पुनः सुरु गर्‍यो ‘अप्रेसन दृष्टि’ कार्यक्रम, ७१ जनाको निःशुल्क अप्रेसन

चौधरी फाउण्डेसनले पुनः सुरु गर्‍यो ‘अप्रेसन दृष्टि’ कार्यक्रम, ७१ जनाको निःशुल्क अप्रेसन

नेपालखबर
भदौ २८, २०७८ सोमबार १२:५६, काठमाडौँ

इटहरी। चौधरी फाउण्डेसनले ग्रामीण र दुर्गम स्थानका विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएको ‘अप्रेसन दृष्टि कार्यक्रम पुनः सुरु गरेको छ। 

कोभिडका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको सो कार्यक्रम आइतबारदेखि सुनसरीको गढी गाउँपालिकाबाट सुरु गरिएको सीजी ग्रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी दिए। 

गाउँपालिकाको सतेरझोडा र औराबनिमा रहेको स्वास्थचौकीमा सो कार्यक्रम सञ्चालन गरिएको थियो। 

कार्यक्रममा विराटनगरस्थित दिव्य दृष्टि आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले ‘अप्रेसन दृष्टि’ कार्यक्रममार्फत निःशुल्क सेवा प्रदान गरेका थिए।

कार्यक्रमबाट आँखासँगै कानको जाँच एवं उपचार सेवा प्रदान गरिएको थियो। विगत लामो समयदेखि गाउँघरमा कोभिडका कारण ज्येष्ठ नागरिक तथा विपन्न वर्गहरुले आँखाको समस्यालाई समाधान गर्ने उपयुक्त माध्यम नपाइरहेको अवस्थामा फाउण्डेसनको तर्फबाट यो कार्यक्रमलाई गाउँघरमै पुगेर पुनः अगाडि बढाइएको हो। 

यो कार्यक्रममार्फत कुल २ सय ५६ जनामध्ये ७१ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरुलाई निःशुल्क अप्रेसनको व्यवस्था गरिने कटवालले बताए।

गढी गाउँपालिका अध्यक्ष श्री प्रसाद यादवले आफ्नो आँखा जाँच गराउँदै सुरु भएको कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो। 

कर्यक्रममा मास्क, सेनिटाइजर वितरण तथा सामाजिक दूरी कायम गर्दै कोभिडविरुद्ध सचेतना अपनाइएको थियो। 

शिक्षा, स्वास्थ, विपद् र मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको चौधरी फाउन्डेसनले बजार तथा आवगमन सहज भएसँगै दुर्गम तथा ग्रामीण क्षेत्रलक्षित आफ्नो कार्यक्रम ‘अप्रेसन दृष्टि’ र सिजी केयर्सका मानवीय सहायता कार्यक्रमहरुलाई निरन्तरता दिइने कटवालले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .